प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी दुई तिहाईले पारित

0

काठमाडौं : प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।

मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।

Leave A Reply

Your email address will not be published.