धरानमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

0

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका बडा नम्बर १५ घर भएका ५५ वर्षीय पुरुष रहेका छन् ।

मिर्गाैलाका बिरामी समेत रहेका उनी असोज १६ गते अस्पताल भर्ना भएका थिए । योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

संक्रमणबाट धरान उपमहानगर १५ का मात्र चार जनाको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या भने ४० पुगेको छ ।

Leave A Reply

Your email address will not be published.