कोरोना महामारीलाई प्रगतिको बाधक बन्न दिनु हुँदैन : राष्ट्रपति भण्डारी

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको कोरोना भाइरस महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताएकी छन् । संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा न्युर्योकमा आयोजित उच्चस्तरीय बैठकमा भर्चुअल माध्यमबाट नेपालका तर्फबाट सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

उनले कोरोना भाइरसको महामारीले असमानताको जोखिमलाई अझ बढाएको बताइन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवम् महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी रहेको औंल्याइन् ।

राष्ट्रपति भण्डारीले बेइजिङ घोषणा पत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको समेत उल्लेख गरिन् ।

Leave A Reply

Your email address will not be published.