मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस

0

काठमाडौं : सरकारले अमेरिका र बेलायतमा राजदूतको नाम सिफारिस गरेको छ । आजबसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको हो । त्यस्तै बैठकले मूख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।

अर्थमन्त्रीबाट बाहिरिएलगत्तै सरकारको अर्थ सल्लाहकार बनाइएका खतिवडालाई केही दिनमै अमेरिकाको राजदूतमा सिफारिस गरिएको हो ।

संसदीय सुनुवाई प्रक्रिया पुरा गरेपछि खतिवडा र रेग्मी राजदूतमा नियुक्त हुने वाटो खुला हुनेछ । मुख्यसचिव रेग्मीले भने आज विहान राजीनामा दिएका थिए । उनको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

Leave A Reply

Your email address will not be published.