कोशी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

0

विराटनगर : विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्ध रहेका छन् । अत्याधिक मोटोपना रहेका मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या देखिएको थियो ।

उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए । हालसम्म प्रदेश १ का विभिन्न अस्पतालमा ६८ जना संक्रमितको मृत्यु भइसकेको छ । तिमध्ये १९ महिला र ४९ पुरुष रहेका छन् ।

Leave A Reply

Your email address will not be published.