कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

0

काठमाडौं : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विभिन्न देशमा थप २१ जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघका अनुसार साउदी अरबमा १४ जना, कुवेतमा ५ जना, युएई र युगान्डामा एक–एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।

संघका अनुसार शनिवार साँझसम्म १७ देशमा रहेका २६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।

यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छ । संघका अनुसार कोरोनाका कारण विदेशमा अलपत्र परेका ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय भन्दा बढी नेपालीको उद्धार भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.