स्याङ्जामा पहिरोले पुरिएर १० जनाको मृत्यु

0

स्याङ्जा : केही दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जामा गएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका मृत्यु हुने ९ जनाको मृत्यु भएको हो भने कालिगण्डकी–४, गौतमडाडामा पनि १ को मृत्यु भएको छ ।

पहिरोमा परि मृत्यु हुनेहरुमा माया नेपाली, सेनु नेपाली, जेठो छोरा दिपक नेपाली, साइलो छोरा कुलदिप नेपाली, कुलदिपको श्रीमती विनिता नेपाली, विनिता नेपालीको छोरा, काईलो छोरा शिशिर नेपाली र पाहुना रुपा नेपाली रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कालिगण्डकी–४, गौतमडाडामा पहिरोमा पुरिएर मृत्यु हुनेमा १६ वर्षीय विष्णु दमाई रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा जिवितै उद्धार गरिएका १ जनाको उपचारका लागि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.