कोरोना संक्रमणबाट सैनिकको मृत्यु

0

काठमाडौं : पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको हो । नेपाली सेनाका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ४ सय १ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

Leave A Reply

Your email address will not be published.