नेपालगञ्जमा कोरोना संक्रमित ५९ वर्षीय पुरुषको मृत्यु

0

काठमाडौं : नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीका ५९ वर्षीय पुरुषको गएराति भेरी अस्पतालमा मृत्यु भएको हो । उनी भदौ २० गते अस्पताल भर्ना भएका थिए ।

उनको केही समयअघि प्लाज्मा थेरापी समेत गरिएको थियो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यसैबीच, आज ४१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । भदौ २१ गते संक्रमित भएका संक्रमणमुक्त भएर घर फर्केका हुन् । डिस्चार्ज हुनेमा ८ जना पुरुष र ३३ जना महिला रहेका छन् ।

तिमध्ये करिब एक दर्जन प्रहरी छन् । यो सँगै बाँकेमाकोरोना भाईरसको संक्रमणबाट संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ४४ पुगेको छ । हाल ३ सय ३८ जना आइसोलेशनमा उपचाररत छन्

Leave A Reply

Your email address will not be published.