वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई आज राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् ।

सरकारको सिफारिस अनुसार राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मनोनयन सम्वन्धी जानकारी संघीय संसद सचिवालय र राष्ट्रिय सभालाई राष्ट्रपति कार्यालयले पठाइसकेको छ ।

राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन मध्ये एक सदस्य छ महिनादेखि खाली थियो । उनको आजै सपथ गराउने संसद सचिवालयले तयारी छ । भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा रिक्त पदमा गौतमलाई लगिएको हो । खतिवडालाई भने प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.