सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

0

काठमाडौं : आज विहान काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा भुकम्पको ठुलो धम्का महशुष गरिएको छ । विहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भुकम्पपछि उपत्यकामा मानिसहरु आत्तिएर घर बाहिर निस्केका थिए । काठमाडौँसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भुकम्पको प्रभाव र यसले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । २०७२ साल बैशाख १२ गतेपछि नेपालमा आएको यो ठुलो म्याग्नेच्युटको भुकम्प हो ।

Leave A Reply

Your email address will not be published.