रौतहटमा २० जना प्रहरीमा कोरोना संक्रमण

0

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा प्रहरी नायब उपरीक्षक सहित २० जना प्रहरीमा आज संक्रमण पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक, दुई प्रहरी निरिक्षक सहित २० जनामा संक्रमण देखिएको हो ।

ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि सो स्थानलाई सेनिटाइज गरेर भौतिक दूरी सहित कामलाई निरन्तरता दिइएको छ । संक्रमित प्रहरीलाई चन्द्रपुरको आइसोलेसनमा पठाइएको छ । प्रहरीसँग स्थानीय आठ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.