वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राती गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ४ वर्षका बालक देखि ६७ वर्ष उमेर समूहका ब्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा रौतहटको दुर्गाभवानी गाँउपालिकाका २२ जना छन् । बाराको कोल्हवीमा तीन, कलैयाका दुई, परवानीपुर, जितपुर सिमरा र बारागढीका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा पनि संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिकामा चार, पटेर्वा सुगौली र चैनपुरका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।