कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

0

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । विराटनगर, धुलिखेल, धरान र पर्सामा एक-एक जनाको मृत्यु भएको हो ।

कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा आज ६४ वर्षीया महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर–४ की महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै कोरोना संक्रमण पुष्टि भएका महोत्तरीको बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी १५ दिनअघि अस्पताल भर्ना भएका थिए ।

यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मोरङको विराटनगर ११ घर भएकी ४३ वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको हो । उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पर्सामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पकहा मैनपुर गाउँपालिका दुई निवासी ७५ वर्षका बैजनाथ महतोको गएराति कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । उनी भदौ ५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

Leave A Reply

Your email address will not be published.