हाेटेलमा सभापति देउवालाई भेटेकाे छैन : महामन्त्री काेइराला

0

 नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खन्डन गरेका छन् ।

बीपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह गरे ।

कार्यक्रममा उनले पार्टीको आगामी १४औं महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनिभूत छलफल हुनुपर्ने बताए।

महामन्त्री डा. कोइरालाले कोभिड–१९ का कारण केही महिना सारेर भएपनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको धारणा व्यक्त गरे ।

साथै, उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताए ।

Leave A Reply

Your email address will not be published.