काठमाडौं : गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
पोखरामा मात्रै १६ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत छन त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।