एनआरएन ईटालीको अध्यक्ष पदमा दुई उमेदवारहरुवीच प्रतिस्पर्धा

0

गैर आवासीय नेपाली संघ ईटालीको आगामी दुई वर्षको लागि कार्यकारी समितिको निर्वाचन अगस्ट २ मा सम्पन्न हुनगैरहेको सन्दर्भमा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्ष पदका प्रत्याशी क्षेत्रकुमार श्रेष्ठ र उर्मिला थोकर दुवैले उमेदवारी कायमै राख्ने अडान राखेपछि निर्वाचनले अर्को मोड लिने देखिएको छ।

urmila

 

सहमतीय उमेदवार 

अध्यक्ष पदका उमेदवार श्रेष्ठलाई अध्यक्ष पदमा विजयी गराउन जन सम्पर्क समिति ईटाली र एनडिएफ ईटालीवीच आन्तरिक सहमति रहेको सम्झ्यौतापत्रहरु सामाजिक सन्जालमा छाएको छ। त्यही सम्झ्यौताको आधारमा निर्वाचनको आन्तरीक तयारी तिव्र पारिएको र एनडिएफको तर्फवाट अन्य पदहरुमा उमेदवारी नदिएको स्रोतले उल्लेख गर्यो। श्रेष्ठलाई जनसम्पर्क समिति ईटालीले आफ्नो आधिकारिक उमेदवारको रुपमा प्रस्तुत गरेको र एनडिएफले समर्थन गरेकोले जनमत उनको पक्षमा देखिने संभावना वढेको समाचार स्रोतले चारदिशालाई वतायो ।

11289735_1106810036014017_386198967_n

11755913_723476001112050_4645038737987158617_n

कार्यकारी समितिमा सक्रियताका साथ काम गरेका दुवै उमेदवारहरु क्रियाशिल र आफ्ना कार्ययोजनाका साथ प्रस्तुत भएका देखिन्छन्। उनीहरुले प्रस्तुत गरेका चुनावि घोषणापत्रका उल्लेख गरिएका वुँदाहरु तार्किक र नेपालीहरुको आवश्यकतालाई संवोधन गर्ने खालका छन्। तर अन्तराष्ट्रिय स्तरमा एनआरएनको शाख पूर्ववत रुपले चम्काउन भने थप मेहनत गर्नुपर्ने देखिन्छ।

गैर आवासीय नेपाली अभियानमा उमेदवार श्रेष्ठ सक्रिय रुपले भाग लिईराखेको देखिन्छ। काठमाडौमा सम्पन्न हुने वार्षिक महाधिवेशनहरु र यूरोपेली क्षेत्रीय भेलाहरुमा निरन्तर सहभागि रहेको र आवश्यकता अनुसार तन मन वचनले सहयोग गरेको श्रेष्ठले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्।  नेपालको भुकम्प पिडितहरुको सहयोगार्थ सक्रिय रुपले भाग लिएको र अन्तराष्ट्रिय समन्वय समितिसँगक समन्वय गर्दै सक्रियताका सम्पन्न रहेको श्रेष्ठले उल्लेख गरेका छन्।

अध्यक्षका अर्का उमेदवार थोकरले आफू मितेरी मन्च मिलानमा सक्रिय रहेको उल्लेख गरेकी छिन्। उनी अध्यक्ष पदमा निर्वाचित भएमा ईटालीकै पहिलो महिला अध्यक्ष वन्नेछिन्।

निर्वाचनको कार्य्रक अझै सार्वजनिक हुनसकेन

यसै विच पूर्वनिर्धारित कार्यक्रममा फेरवदल गरेको निर्वाचन समितले हालसम्म संशोधित निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छैन। सदस्यहरुको अन्तिम नामावलि हालसम्म कहिँ कतै सार्वजनकि गरिएको छैन। सदस्यहरुको नामावलि प्रकाशन जति ढिला हुन्छ त्यती नै निर्वाचन सम्वन्धि अस्पष्टताहरु कायम रहने निश्चित छ।

 

Leave A Reply

Your email address will not be published.