काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नै रिक्त पदमा गौतमलाई पठाउने निष्कर्षमा सरकार पुगेकोे जानकारी गराएका थिए ।
कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको उनले जनाएका छन् ।
गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ । त्यस्तै बैठकले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट प्रभावितहरुको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र पार्टीका कार्यकर्तालाई निर्देशन दिएको छ ।