कोरोना संक्रमणबाट बुटवलमा ७७ वर्षीया महिलाको मृत्यु

0

बुटवल : बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि उनी बुधबार साँझ अस्पताल भर्ना भएकी थिइन् । जिन एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको थियो । योसँगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.