नेपाल क्रिकेट संघद्वारा विभिन्न पदमा दरखास्त आह्वान

0

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । क्यानले नेपाली टिमको मुख्य प्रशिक्षकसहित विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । अन्नपूर्ण राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिलाई निवेदन दिन आग्रह गरेको छ ।

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा उमेश पटवालले राजिनामा दिएपछि त्यो पोष्टमा क्यानले प्रशिक्षक खोजिरहेको छ ।

क्यानले आइसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र टिम ब्यवस्थापकका लागि आवदेन खुल्ला गरेको छ । यसैगरी सातै प्रदेशका लागि एक एक जना प्रशिक्षक पनि आह्वान गरिएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.