कोरोना संक्रमणबाट पर्सामा थप २ जनाको मृत्यु, काठमाडौंमा एक जनाको मृत्यु

0

काठमाडौं : कोरोना संक्रमणबाट पर्सामा थप दुई पुरुषको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको हो ।

संक्रमित पुरुषमा साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बाराका ६० वर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । भदौ १० गते अस्पताल भर्ना भएका उनमा ११ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, नारायणी अस्पतालमा केही दिन अघि मृत्यु भएका ६० वर्षीय पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ । वीरगञ्जको सडकपेटीमा बेवारिसे अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै, काठमाडौंको गंगालाल अस्पतालमा पनि ७० बर्षिय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित पूर्व न्यायाधीश माधवप्रसाद चालिसे रहेका छन् । उनी काठमाडौँ महानगरपालिका–३ का वासिन्दा हुन् ।

Leave A Reply

Your email address will not be published.