नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

0

काठमाडौं : नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ पीसीआर परीक्षण गर्दा ५ सय ९६ पुरुष र ३ सय ३ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

काठमाडौं उपत्यकाका थप २ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै सर्लाहीमा एक सय तीन, बारामा २३, पर्सामा ३४, धनुषामा ३१, सुनसरीमा २५, तनहुँमा २६, अछाममा २३ रहेका छन् । १२ वटा जिल्लामा संक्रमतिको संख्या पाँच सय माथि छ भने मुस्ताङ र हुम्लामा एक जना पनि संक्रमति छैनन् ।

अहिले देशभरका आइसोलेशनमा १७ हजार ८ सय २२ जना रहेका छन् । तिमध्ये ७ हजार १ सय २१ होम आइसोलेसन र १० हजार १ सय १ संस्थागत आइसोलेसनमा रहेका छन् । देशभरका अस्पतालमा १६ जना भेन्टिलेटरमा र १ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । देशभरि क्वारेन्टिनमा ७ हजार ३ सय ३७ जना रहेका छन् । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ वटा पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको संक्रमणवाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र २ महिला र एक चार वर्षीया बालिका छन् । मृतकहरु महोत्तरीकी चार वर्षीया बालिका, रुपन्देशी र गोरखाका एक एक जना महिला छन् । त्यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका एक एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.