कोरोना कहरः दक्षिण एसियाको पछिल्लो अवस्था कस्तो छ?

0

काठमाण्डौ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाका आठ देशमध्ये भुटान कम प्रभावित भएको छ।

हालसम्म भूटानमा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। कुल २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या पनि १४० पुगेको छ।

कोरोना भाइरसको संक्रमणबाट भारत सबैभन्दा बढी प्रभावित भएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख २४ हजार ६१३ भन्दा बढी छ भने ६४ हजार ६४६ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ। त्यहाँ संक्रमण निको हुनेको संख्या पनि २७ लाख ७५ हजार १९४ पुगेको छ।

यस्तै पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार ८४९ पुगेको छ भने ६ हजार २९४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमण निको हुनेको संख्या २ लाख ८० हजार ६८२ पुगेको छ।

बंगलादेशको अहिलेसम्म ३ लाख १० हजार ८२२ भन्दा बढी कोरोना संक्रमित बनेका छन् भने ४ हजार २४८ जनाको मृत्यु भएको छ।त् यहाँ संक्रमण निको हुनेको संख्या २ लाख १ हजार ९०७ पुगेको छ।

यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३८ हजार १६२ पुगको छ भने १ हजार ४०२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमण निको हुनेको संख्या २९ हजार ८९ पुगेको छ।

नेपालमा हालसम्म कोरोना भाइरसम्म कारण ३८ हजार ५६१ जना संक्रमित भएका छन्। तीमध्ये अहिलेसम्म २२१ जनाको संक्रमणका कारण निधन भएको छ। यहाँ संक्रमण निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ।

यस्तै माल्दिभ्समा अहिलेसम्म ७ हजार ६ सय ६७ जनामा कोरोना देखिँदा २८ जनाको मृत्यु भएको छ। त्यहाँ ५ हजार ३६ जना संक्रमणमुक्त भएका छन्।

श्रीलंकामा ३ हजार १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमणमुक्त हुनेको संख्या २ हजार ८६० पुगेको छ।

Leave A Reply

Your email address will not be published.