चितवनमा ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

0

काठमाडौं : चितवनको भरतपुरमा अर्का एकजना कोराना संक्रमित पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर वडा नम्बर छ का ७८ वर्षका पुरुष रहेका छन् । भदौ २ गते संक्रमण पुष्टि भएका उनको छ गतेदेखि उनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।

निमोनिया र स्वासप्रस्वासमा समस्या भएको ती पुरुषको सघन उपचार कक्ष ‘आईसीयु’मा उपचार भइरहेको थियो । यो सँगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.