काठमाण्डौ – नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ भने मृत्यु हुनेको संख्या १९५ पुगेको छ।
यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ भने शुक्रबार मात्रै १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुङ्गाका १, झापाका १५, पाँचथरका २, मोरङका ४७, संखुवासभाका २, सुनसरीका ४१, सोलुखुम्बुका १, धनुषाका २०, पर्साका १, बाराका ४, महोत्तरीका १३, रौतहटका २१, सप्तरीका ७, सर्लाहीका १३, सिरहाका १२, काठमाण्डौका ३५०, काभ्रेका १७, चितवनका २६, धादिङका १६, नुवाकोटका ३, भक्तपुरका ५४, मकवानपुरका ५१, रसुवाका १ र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै सिन्धुपाल्चोकका १, सिन्धुलीका २, कास्कीका १६, गोरखाका १, तनहुँका ४, नवलपरासीका १३, लमजुङका २, बाग्लुङका १, अर्घाखाँचीका २,कपिलवस्तुका २, दाङका १, बर्दियाका २, बाँकेका ३६, रुपन्देहीका ७२, जुम्लाका ६, दैलेखका ११, सल्यानका ३, कञ्चनपुरका १, कैलालीका ११ तथा डोटीका ९ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर सक्रिय संक्रमित १६ हजार १९ जना रहेका छन्। गत चौबीस घन्टामा १० हजार २२९ जनाको पीसीआर परिक्षण गरिएको छ।
यस्तै प्रदेश-१मा १ हजार ५ सय ७४ जना संक्रमित, १ हजार ५ सय ३६ जना निको भएर घर फर्किएका छन् भने २४ जनाकव् मृत्यु भइसकेको छ।
यस्तै प्रदेश २मा ५ हजार ६ सय ४१ जना कोरोना संक्रमित भएका छन् भने ४ हजार ५ सय १७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। साथै ७८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
यस्तै बागमती प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ५ सय ९५ जना पुगेका छन् भने ९ सय ६६ जना मात्र निो भएर घर फर्किएका छन्। साथै कोरोनाकै कारण ४२ जनाको मृत्यु भएको छ।
यस्तै गण्डकी प्रदेशमा ४सय ४५ कोरोना संक्रमित, १ हजार ६ सय ८८ संक्रमणमुक्त र १० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।