नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढ्यो, ८ हजार परीक्षण गर्दा ८ सय संक्रमित !

0

काठमाण्डौ – पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्र ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा प्रति हजार हजार पिसिआर परीक्षणमा एक सय जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । योदर प्रति एक हजार परीक्षणमा एक सय कोरोना संक्रमति रहेको छ ।

त्यस्तै शनिबार १२ हजार ५ सय १९ जनाको परीक्षण गर्दा ६३४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार १३ हजार ५ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबारको तथ्यांक हेर्दा पनि प्रतिहजार पिसिआर परीक्षणमा संक्रमणको दर कम नै रहेको छ । बिहीबार ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै आज काठमाण्डौ उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाण्डौमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.