उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना पुष्टि

0

काठमाण्डौ – आइतबार थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ६४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना देखिएको हो । गत २४ घण्टामा १३४ जना डिष्चार्ज भएका छन् भने हालसम्म १७, ३३५ जना डिष्चार्ज भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ९२२१ रहेको छ । त्यस्तै आइशोलेशमा ८७२४ जना र क्वारेन्टाइनमा १५, २४३ जना रहेका छन् । हालसम्म ५१७९०५ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । आइतबार मोरङ र पर्सामा एक एक जनाको ज्यान गएको छ ।

Leave A Reply

Your email address will not be published.