नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, ४८४ जना थपिए

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २४ हजार ३ सय ७६ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ७ सय २८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

विगत २४ घण्टामा १० हजार ४ सय ८१ को पिसिआर परीक्षण भएको छ । हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.