उपत्यकामा काेराेना संक्रमितकाे मृत्यु बढ्याे, साेमबार एकैदिन ३ काे ज्यान गुम्याे

0

काठमाण्डौ – उपत्यकामा कोरोनाबाट संक्रमितको मृत्यु दर बढेको छ । आज एकै दिन उपत्यकाका ललितपुर र काठमाण्डौमा गरी तीन जनाको निधन मृत्यु भएको छ ।

केहीबेर अघि मात्र ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक जिल्ला पाँचखालका ५० वर्षीय एक महिलाको निधन भएको छ ।

अस्पतालका अनुसार निमोनियाको उपचार गराउन उनलाई पुर्याएका थिए । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आएका उनीमाथि शंका लागेपछि स्वाब लिएर कोरोना परीक्षणका लागि पठाइएकोमा सोमबार दिउँसो आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो ।

तर बिरामीको मृत्यु रिपोर्ट आउनुपहिले बिहान ९ बजेतिर मृत्यु भएको जानकारी अस्पतालले दिएको छ । उनीसँगै आज सोमबार एकै दिन उपत्यकामा ३ जना संक्रमितको ज्यान गएको छ ।

यसअघि आजै बिहान ६ बजेतिर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कीर्तिपुरको ट्याङलाफाँटका ६४ वर्षीय एक पुरुषको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.