बिहिबार थपिए ३ सय ६० जना संक्रमित, उपत्यकामा ८७

0

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ८७ सहित देशभर बिहिबार कोरोना भाइरसका ३ सय ६० जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय २२  जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार ३ सय ८९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

Leave A Reply

Your email address will not be published.