शनिबार ३१५ कोरोना संक्रमित थपिएसँगै संक्रमितको सख्या २० हजार नाघ्यो

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट ९३ जना निको भइ घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार ४९२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण भएको छ । हाल देशभर ५ हजार ३३८ सक्रिय संक्रमित छन् ।

Leave A Reply

Your email address will not be published.