‘ओली सरकार असफल भयो, अब नागरिक सरकार बन्नुपर्छ’

0

हेमबिक्रम सिलवाल – वर्तमान शासन व्यवस्था आन्तरिक रूपमा असफल भैसकेको कुरा त खुल्ला रहस्य हो । यसमा थप विश्लेषण गर्न आवश्यक नहोला । परापूर्व कालदेखि चल्दै आएको सनातन धर्म – संस्कृति, परम्परा बोली चाली, रिति रिवाजलाई आत्मसात नगर्नुको नियति आज देश र जनताले भोग्नुपर्ने परिस्थिति देखा परेको छ ।

हामीले अहिले आत्मसात गरेको असंलग्न परराष्ट्र नितिमा असफल हुन पुग्यौ भने क्षेत्रीय सुरक्षा नितिमा पनि असफल हुन पुग्यौ यसो हुनुको पछाडि २०४६ सालपछि प्रजातन्त्रको नाममा हामीले NGO र INGO लाई जुन हिसाबले खुल्ला छाड्यौ भने अर्कोतिर शक्तिशाली देशका दूतावास मार्फत दशौं करोडको योजना नेपाल सरकारको अनुमतिबिना योजना तर्जुमा गरि जथाभावी लगानी गर्न छुट दिनु नै राज्य सञ्चालकहरुको कमजोरी रह्यो । सायद संसारमा यस्तो व्यवस्था बोकेको देश नेपाल बाहेक अन्त छैन् ।

NGO र INGO ले सरकार र सरकार प्रमुखलाई प्रभावित पारेको उदाहरण अन्त छैन् । एसिया प्यासिफिक नामक एक INGO को कार्यसञ्चालको लागि देशका प्रधानमन्त्री आफ्नो दैनिक कार्यसञ्चालनको काम नै बन्द गरेर सहभागी हुन पुग्छन् । जसले वैदेशिक हस्तक्षेप निम्त्याउने बाटो खुल्ला गरेको देखियो । त्यसको फलस्वरूप अन्य मुलुकहरु पनि नेपालमा अमेरिका, चीन, भारत जस्ता शक्ति सम्पन्न राष्ट्रहरु हाम्रो जस्तो देशमा आमने सामने हुनु देशका लागि पक्कै हितकर छैन् ।

नेपालको आफ्नै खालको मौलिकता, परम्परा, धर्म संस्कृति, रिति रिवाज, अनेकतामा एकता धार्मिक सहिष्णुता थियो तर, आज वैदेशिक प्रभावमा त्यसलाई भत्काउने र वैदेशिक हस्तक्षेपलाई खुल्ला आमन्त्रण गर्ने तथा गराउने काम ३१ वर्षे प्रजातान्त्रिक एंब गणतान्त्रिक यात्रामा देखा पर्‍यो । यो स्थितिले देशै नरहने भन्ने पिरले नेपाली जनता ससंकित हुन परेको अवस्था छ ।

अब पनि राजनीतिक दलहरूले यस विषयमा बिचार नपुर्‍याउने हो भने जुन किसिमले किराँतकाल, लिच्छविकाल, मल्लकाल हुँदै शाह वंशले हिमवत खण्डको पूर्वीयदर्शन अन्तरगत हिन्दू अधिराज्यलाई जिवित राख्न सफल भएका थिए । २०६२/६३ को आन्दोलन पश्चात् देशको परम्परालाई तोड्ने काम गरे त्यसैको परिणामस्वरूप धर्म निरपेक्ष र परम्परालाई निषेध गर्दा आजको परिस्थितिमा सबैले सोच, बिचार, इगो र निषेधलाई त्याग्न ढिलो गर्नु कसैको हितमा छैन् ।

देशै नरहे राजनीतिक दल कहाँ रहलान पार्टी भन्दा मुलुक प्रमुख हो भन्ने सोच निर्माण गर्न जरुरी छ । पछिल्लो राजनैतिक घटनाक्रमले हाम्रो छिमेकी मित्र राष्ट्रहरुसँग कुटनितिक टकराव निम्त्याएको छ । हाम्रोजस्तो भुपरिवेष्ठित मुलुक छिमेकी सङ्ग सम्बन्ध बिग्रनु पक्कै राम्रो संकेत भने होइन । निषेधको राजनीतिले हामी आफैं सक्किने सम्भावना जिवित रहन्छ । यसैले अब प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नागरिक सरकार बन्नुपर्छ । वर्तमान सरकार पूर्ण रूपमा असफल भैसक्यो । अब यसको विकल्प खोज्न ढिलाइ गर्नु हुँदैन ।

Leave A Reply

Your email address will not be published.