पाँच दिनसम्म पानी रोकिने छाँटकाँट छैन्, सर्तक रहनूः मौसमविद

0

काठमाण्डौ – जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान महाशाखाले काठमाण्डौ उपत्यकासहित देशभर वर्षा जारी रहेको जनाएको छ ।

महाशाखाले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको उल्लेख गरेको छ । आज दिनभरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाको अनुमान छ ।

न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुने महाशाखाको अनुमान छ ।

मौसमविद राजू प्रधानाङ्गले अझै शुक्रबारसम्म पानी रोकिने छाँटकाँट नरहेकाले सतर्क रहन आग्रह गरेका छन् । उनले मनसुन सक्रिय भएकाले आज काठमाण्डौ उपत्यकासहित देशभर नै बाढी पहिरोको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेका छन् ।

‘विशेषगरी प्रदेश १, २, बागमती, गण्डकीलगायतका प्रदेशहरुमा भारती वर्षाको सम्भावना छ । यो निरन्तर शुक्रबारसम्म नै जारी रहने देखिएकाले सर्तकता अपनाउनु पर्छ ’, उनले भने ।

मौसमविद राजू प्रधानाङले अझै शुक्रबारसम्म नै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन् । उनले मनसुन सक्रिय भएकाले आज काठमाण्डौ उपत्यकासहित देशभर नै बाढी पहिरोको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेका छन् । ‘विशेषगरी प्रदेश १, २, बागमती, गण्डकीलगायतका प्रदेशहरुमा भारती वर्षाको सम्भावना छ । यो निरन्तर शुक्रबारसम्म नै जारी रहने देखिएकाले सर्तकता अपनाउनु पर्छ ’, उनले भने ।

उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए ।

सो क्रममा महानिर्देशक बैद्यले साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।

यो मात्रा अझै बढेर २०० मिलिलिटर पानी पर्ने सम्भावना छ । न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए ।

महानिर्देशक बैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ ।

यो परिमाणमा अझै वृद्धि हुने बैद्यले बताए । ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, बैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।’

Leave A Reply

Your email address will not be published.