काठमाण्डौ – मेलम्ची खानेपानी आयोजनाको ड्याम फुटेको छ । ड्याम फुट्दा मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना बेपत्ता भएका छन् ।
निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
बगाएकामध्ये दुई जनाको उद्धार गरी मेलम्ची अस्पताल ल्याएको उनले बताए । थप दुई जनाको खोजीकार्य जारी रहेको छ ।
कार्यरत सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएका छन् । गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ ।