काठमाडौं – मयूर यातायात प्राइभेट लिमिटेडले काठमाडौंमा बस सेवा सुरु गरेको छ । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताएपनि मयूरले आज (सोमबार) बाट छाेटो दुरीमा सेवा सुरु गरेको हो ।
सरकारले तोकेको मापदण्डअनुसार आजबाट ६ वटा बसमार्फत सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।
मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।