४७३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार ५१९ पुग्यो

0

काठमाडौं – नेपालमा थप ४७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या पाँच हजार तीन सय २० जना पुगेको छ ।

उनले १० हजार एक सय जना आइसोलेसनमा रहेको बताए । आइसोलेसनमा कूल २ लाख ३७ हजार ७ सय ६४ रहेका छन् । २४ घण्टामा ४ हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.