प्रबासी नेपाली एकता मंच बेल्जियमको नेपालमा कोरोना कोषमा सहयोग

0

२८ जुन।बेल्जियमबाट नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्च (ONUF Belgium) ले कोभिड-१९ विरुद्ध लड्न नेपाल सरकारको कोभिड-१९ सहयोग खातामा २ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ। नेकपाको प्रवासी संगठन ONUF Belgium ले आफ्नो सदस्यहरुबाट सहयोग उठाएर यो रकम नेकपाको नेता युबराज चौंलागाई मार्फत नेपाल पठाएको हो।

नेपालमा नेकपा एमाले र नेकपा माओवादी एकिकृत भएपछि दुबैदलको प्रवासी संगठनहरु एकिकृत भएर यो प्रवासी नेपाली एकता मञ्च बनेको हो। यस संगठमा हाल ६१ जनाको समिती छ भने यसको अध्यक्षमा जीत लामा र सचिबमा बोधराज पौडेल हुनुहुन्छ।

कोरोना प्रकोप सँग लड्न नेपाल सरकारले बनाएको केन्द्रीय राहत कोषमा जम्मा भएको सो रकम सोही काममा सहयोग पुगोस भनेर सहयोग गरिएको संगठनले जनाएको छ् । आर्थिक विभागका प्रमुख भीम सुबेदीको संयोजकत्वमा सहयोग रकम उठाईएको हो।

Leave A Reply

Your email address will not be published.