५९३ कोरोना संक्रमित थपिए, कुल संक्रमित ११ हजार ७ सय ५५

0

काठमाण्डौं – नेपालमा आज कोरोना भाइरसका ५ सय ९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएकामा ४८६ पुरुष र १०७ महिला भएको जानकारी दिएको छ ।

आज थपिएकासमेत कुल संक्रमित संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये १० हजार ५ सय ६ पुरुष र १२ सय ४९ महिला छन् ।
आजसम्म २ हजार ६ सय ९८ जना संक्रमणमुक्त भइएसकेका छन् । यसैगरी, कुल २६ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ । जसमध्ये २१ पुरुष र ५ महिला छन् ।

अहिलेसम्म रसुवाबाहेक देशका ७६ जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.