स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु

0

कास्की – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २५ पुगेको छ ।

कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ । यसअघि पनि वालिङका एक पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाई सकेका छन् ।

Leave A Reply

Your email address will not be published.