नेपालमा एकैदिन थपिए ५३५ जना कोरोना संक्रमित

0

काठमाण्डौं – नेपालमा थप ५३५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ३७० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ हजार १४२ पुगेको छ ।

हालसम्म १ लाख ८१ हजार ३७१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६ हजार १९८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

उनले आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ७७८९ रहेको जानकारी दिए । कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.