विश्वभर ८५ लाख कोरोना संक्रमित, मृतक साँढे ४ लाख नाघ्यो

0

काठमाण्डौं – विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या साँढे ४ लाख नाघिसकेको छ ।

८५ लाख ७७ हजार संक्रमित मध्ये मृतक ४ लाख ५६ हजारको मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ६३ हजार संक्रमितमध्ये एक लाख २० हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा संक्रमित संख्या १० लाख नजिक पुगेको छ । त्यहाँ ४७ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । रुसमा ५ लाख ६१ हजार संक्रमितमा ७ हजार ६ सयको मृत्यु भएको छ ।

भारतमा ३ लाख ८१ हजार संक्रमितमध्ये १२ हजारको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.