६७१ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या ७८४८

0

काठमाण्डौं – नेपालमा कोरोना भाइरसका ६ सय ७१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ५ सय ९१ पुरुष र ८० जना महिला छन् । कुल संक्रमितमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला छन् ।

पछिल्लो समय विदेशबाट नेपालीहरु आउने क्रम बढेको र टेष्ट पनि बढेकोले संक्रमित वृद्धि भएको पाइएको जनाइएको छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालय आज थप दुईजना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको । योसँगै कुल मृतक संख्या २२ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.