नेपालमा एकैदिन थपिए ५८६ संक्रमित, थप एक जनाको मृत्यु

0

काठमाण्डौं – नेपालमा सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ५८६ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए ।

आज ४० जना महिला र ५४६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ । उनीहरु मध्ये ५३९ जना महिला र ६६३८ जना पुरुष रहेका छन् ।

थप एक जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ-६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृगौला सम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो ।

१ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Leave A Reply

Your email address will not be published.