थप ३ सय ८० जनामा काेराेना संक्रमण, कुल संक्रमितकाे संख्या ६५९१ पुग्यो

0

काठमाण्डौं – नेपालमा सोमबार एकै दिन ३८० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ३८० जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए।

यो सँगै नेपालमा संक्रमितको संख्या ६५९१ पुगेको छ। उनीहरु मध्ये ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन्।

पछिल्लो चौबिस घण्टामा १०९ जना पुरुष र ८ महिला गरी ११७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Leave A Reply

Your email address will not be published.