आज एकै दिन ४ सय ५१ संक्रमित थपिए

0

काठमाण्डौं – नेपालमा सोमबार एकै दिन ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४५१ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए ।

उनीहरुमध्ये ३५ जना महिला र ४१६ जना पुरुष छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका उनले जानकारी दिए ।

यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ६२११ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.