कोरोना अपडेट: संक्रमित ५७६०, निधन १९, संक्रमणमुक्त ९७४

0

काठमाण्डौं – नेपालमा आइतबार थप ४ सय २५ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। तीमध्य ५३२४ पुरुष र ४३६ जना महिला छन्।

यस्तै कोरोना भाइरस संक्रमणबाट आज एकजनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए।

गौतमका अनुसार मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७,बाराका ९,सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका ४, बझाङका ५, डडेलधुराका २४, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुमका १, प्युठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९ ,सिन्धुलीका १ र धादिङका २५ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन् भने १९ जनाले ज्‍यान गुमाइसकेका बताएका छन्।

यस्तै हालसम्‍मा ९७४ जना निको भएर घर फर्किएका छन् जसमा ८ सय ७७ पुरुष रहेका छन् भने ९७ जना महिला रहेका छन्। यस्तै कोरोनाबाट ज्‍यान गुमाउनेमा १६ जना पुरुष, १ महिला, १ बालक र १ बालिका गरी १९ जना रहेका छन्।

Leave A Reply

Your email address will not be published.