नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

0

काठमाण्डौं – नेपालमा बिहीबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २,दार्चुलामा १,स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ जना संक्रमित थपिएका हुन्। अहिलेसम्म नेपालका ५१ जिल्लामा संक्रमित फेला परिसकेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १०४२ पुगेको छ ।

तीमध्य १८७ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने अहिलेसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.