चार जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितहरुको संख्या २४३ पुग्यो

0

काठमाण्डौं – नेपालमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रुपन्देहीका १२ जना, कपिलवस्तुका ८ जना, पर्साका २ जना र नवरपरासीमा एक जनामा कोरोना संक्रमण भएको हो ।

काठमाण्डौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा यो पुष्टि भएको हो । २४ जनामध्ये २० जना पुरुष र ४ जना महिला रहेका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.