संविधान साउनमै आउँछ : अध्यक्ष ओली

0

भक्तपुर, २ साउन । भक्तपुरमा बुद्धिजीवीका रुपमा लामो समयदेखि चिनिनुभएका डा इवामुरा अस्पताल भक्तपुरका निर्देशक डा उत्तमकृष्ण कर्माचार्यको नेतृत्वमा ५५ जनासहित ९५ जना आज (नेकपा)एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा आज आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गर्ने बुद्धिजीवीहरुलाई टीका लगाउँदै अध्यक्ष ओलीले पार्टी प्रवेश गर्नेलाई योग्यता क्षमता हेरेर पार्टीले जिम्मेवारी दिने बताउनुभयो ।
उहाँले साउन महिनाभित्र संविधान आउने बताउँदै अब संविधान आउँदैन भनेर शङ्का नगर्न आग्रह गर्नुभयो । संविधान जारी भएपछि गठन हुने एमालेको सरकारले देशलाई शान्ति, विकास र प्रगतितर्फ अगाडि लैजाने उल्लेख गर्नुभयो ।
त्यस अवसरमा एमालेका सचिव प्रदीप ज्ञवालीले भक्तपुरलाई विकास गर्न एमालेले अग्रसरता देखाउने उल्लेख गर्नुभयो । पार्टी प्रवेशपछि डा कर्माचार्यले विगतमा जुन पार्टीमा आस्था राखे पनि अब नितन्तर एमाले नै रहेर सेवा गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.