पूर्वमन्त्री गुप्ता जेलमुक्त

0

काठमाडौँ, २ साउन । नेपाल सद्भावना पार्टी (युनाइटेड) का अध्यक्ष एवम् पूर्वमन्त्री श्यामसुन्दर गुप्ता करिब चार वर्ष लामो जेल सजाए भुक्तान गरेर आज जेलमुक्त हुनुभएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा उहाँ २०६८ माघ २ गतेदेखि डिल्लीबजारस्थित कारागारमा रहनुभएको थियो ।
उहाँ जेलमुक्त हुँदा पार्टीका नेता, कार्यकर्ता तथा आफन्त र शुभेच्छुकले स्वागत गरेका थिए । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले आगामी दिनमा राजनीतिक क्षेत्रबाट नै देश र जनताको सेवामा सक्रिय रहने बताउँदै हिमाल, पहाड र तराईलाई सन्तुलित ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गर्न छिट्टो संविधान जारी गर्नुपर्नेमा जोड दिँदै सामाजिक न्याय स्थापना एवम् सम्पूर्ण जाति तथा समुदायबीच सद्भावको खाँचे औँल्याउनुभयो ।

Leave A Reply

Your email address will not be published.